सूचनाको शक्ति - The Power Of Information

        

बाँके ३ मा काँग्रेसका राठौंर २ सय २२ मतले अगाडी

बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर २ सय २२ मतले अगाडी उक्लिएका छन् । राठौंरले ७ हजार ४ सय ६५ मत प्राप्त गरी अग्रता लिएका हुन् ।

यस्तै एमालेका किस्मतकुमार कक्षपतिले ७ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । यसअघि एमालेका कक्षपतिले सुरुवातदेखी नै अग्रता कायम राख्दै आएका थिए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २ हजार ६ सय २९ मत प्राप्त गरी तेस्रो स्थानमा आइरहेका छन् ।

Banke 3 Number1669087156.png

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०९:४२