बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी (ढकिया) का ठाकुरसिंह थारुले ५ हजार ४२९ मत प्राप्त गरी अग्रता लिनु भएको छ भने कांग्रेसका संजय कुमार गौतमले ४ हजार ८१९ मत ल्याएर पछ्याइरहनु भएको छ ।
त्यस्तै नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ३ हजार ५१८ मत प्राप्त गर्नुभएको भने स्वतन्त्र पार्टी (घण्टी) का प्रवेश भुषालले १ हजार ५७६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र (चापकल नल्का) बाट रेशम चाैधरीका बुबा लालवीर चौधरीले १२ हजार ८८७ मत ल्याएर अग्रता कायमै गर्नु भएको छ भने गठबन्धनबाट माओवादीका सुरेश पन्थले ८ हजार २०२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका पंकजसिंह राठौरले ४ हजार ६७८ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय रावलले २ हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।
सत्यपाटी संवाददाता । बर्दिया