सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप फुटबल: अमेरिका र वेल्सले अंक बाँडे

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह बीमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

जारी विश्वकपमा पहिलो बराबरीको नतिजा निकाल्ने क्रममा अमेरिकाले सुरुवाती अग्रता जोगाउन असफल भयो।

अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा अमेरिकाले अग्रता बनाएपनि दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगियो।

खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। उनको यो पहिलो विश्वकप गोल हो। तर, खेलको ८२ औँ मिनेटमा वेल्सले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई वेलले गोलमा परिणत गरेका थिए।

अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो। जसमा बेलले सहजै गोल गरे। बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०७:१७