सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

फाइल तस्वीर

हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ । सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो ।

यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लिमिको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पुर्याइएको थियो ।

यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो । लिमिको बाटो ल्यालु लेखमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समेत कठिनाइ छ । मतपेटिका ल्याउन असहज हुने भएपछि हेलिकप्टरबाट ल्याउने भएको हो ।

यस्तै दक्षिण भेगमा रहेका मतपेटिका समेत हेलिकप्टरबाट सदरमुकाम ल्याइने भएको हो । आइतबार राति सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको बताइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११:२७