सूचनाको शक्ति - The Power Of Information

        

अशान्त बाजुरा : अझै भेटिएन प्रहरीको राइफल

बाजुरामा दुई समूहबीच भएको झडपमा परेर थप एक जनाको मृत्यु भएको छ । गएराति नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट त्रिवेणी नगरपालिका–७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु भएको बयलपाटा अस्पतालका प्रमुख डा.मन्दिप पाठकले जानकारी दिए । यसअघि आइतबार दुई समूहबीचको झडपमा प्रहरीले बल प्रयोग गर्दा सुरेन्द्र ऐडी (संजिव)को मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्णबहादुर कुँवरसहित तीन जना घाइते भएका थिए । यस्तै झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन् । इन्सास राइफल अझै फेला नपरेको प्रहरीले बताएको छ । आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०८:०९