सूचनाको शक्ति - The Power Of Information

        

रोजगारी खोज्न चुनावकै दिन १२२७ विदेशिए

राजनीतिक दलहरूले वैदेशिक रोजगारीलाई विस्थापित गर्ने आश्वासन दिएर सर्वसाधरणको मत लिँदै गर्दा हजारभन्दा बढी युवा कामको खोजीमा विदेशिएका छन् ।

आइतबार बढी युवा कामको खोजीमा विदेशिएका छन् । आइतबार भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणपत्रमा स्वदेशमै लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ ।

नेपाली कांग्रस, नेकपा एमाले र माओवादी जस्ता ठूला दलहरूले आगामी पाँच वर्षभित्रमा १० लाखभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने बाचा गरेका छन् । तर, देश निर्वाचनमा होमिएकै दिन आइतबार कामको खोजीमा मुलुक छोड्नेको संख्या हजारौंमा छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०७:५८