सूचनाको शक्ति - The Power Of Information

        

कास्की–२ मा घण्टीको अग्रता, एमाले पछ्याउँदै, गठबन्धन तेस्रो

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन् । बिहान २ बजेदेखि सुरु भएको मतगणमा कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् ।

वडा नम्बर १५ को कोलपाटन बुथको ५४० मत गनिसक्दा कँडेलले १६२ मत पाएका छन् भने विद्याले १२२ मत पाएकी छन् । यस्तै पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म ११० मत पाएका छन् ।

प्रदेशसभातर्फ भने राप्रपाका विजयबहादुर भण्डारीले १९८ मत पाउँदा नेकपा एमालेका भीम कार्कीले १४५ मत पाएका छन् । यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १०६ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०७:२४