सुर्खेत निर्वाचन क्षेत्र नं. १ अन्तर्गत सिम्ता गाउँपालिका वडा नं. ६ को सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रको मतदान स्थगित भएको छ ।
त्यहाँ भोलि फेरि मतदान गरिने निर्वाचन अधिकृत दुर्गा चालिसेले जानकारी दिए । मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको उनले बताए ।
प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभातर्फको १०० मत खसेको थियो । सर्वदलीय बैठक बोलाएर मतदान सुचारू गर्ने प्रयास भए पनि आज निष्कर्षमा पुग्न नसकेको हो ।
उक्त मतदान केन्द्र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको क्षेत्र अन्तर्गत पर्दछ । यहाँ गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा पनि विवाद भएर मतदान स्थगित भएको थियो ।
सत्यपाटी संवाददाता । सुर्खेत