प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आठ दिनभित्र मतगणना सकिने बताएका छन् । आइतबारको पत्रकार सम्मेलनमा उनले प्रत्यक्ष र समानुपातिक मतसँगै गणना हुने बताए ।
मतदान स्थगित भएको स्थानमा मतदान गरेरै ८ दिनभित्र नतिजा आउने थपलियाले बताए । प्रत्यक्ष र समानुपातिक मतगणनासँगसँगै आउने गरी मतगाणना कार्य अघि बढाइएको पनि उनले बताए ।
‘हामीले ८ दिनभित्र सक्ने भनेको हो । कहीँ मतदान स्थगन हुँदैन भन्ने विश्वास थियो,’ उनले भने, ‘ढुक्क हुनुस् । आजको आठ मितिले दिनमा ती जिल्लासहित निर्वाचन गरेर मतदान गरेर नतिजा निकाल्छौँ ।’
उनका अनुसार नवलपरासीमा भोलि नै मतगणना गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । गुल्मीमा भोलि वा पर्सीमा हुने उनले बताए । सुर्खेतमा पर्सी हुने भएकाले यी जिल्लामा ६ गतेभित्र पुन मतदान हुने बताए । बाजुरामा फेरि मतपत्र छाप्नुपर्ने अवस्था भए १–२ दिन लम्बिने उनको भनाइ छ ।
सत्यपाटी संवाददाता । काठमाडौं