एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।
प्रहरीले एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले बताए ।
झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं