सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा ३४८ जना कैदीबन्दीले गरे मतदान

आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशमा मा ३४८ जना कैदीबन्दीले मतदान गरेका छन् ।

प्रदेशका विभिन्न जिल्लाका कारागारमा रहेका कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिकमा मतदान गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको हो ।

कर्णालीको सुर्खेतमा १०१, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदान गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १६:२८