सूचनाको शक्ति - The Power Of Information

        

बाजुरामा मतपेटिकामा आगजनी

बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।

मतदान अधिकृत रामकुमार यादवले एकाएक मतपेटिकामा धुवाँ निस्किएको बताए । मतपेटिकामा आगजनी कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उनको भनाइ छ । उक्त घटनापछि पुनः मतदान गराउने या के गर्ने भन्नेबारे खुलेको छैन ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार मतपेटिकामा आगो लगाइएपछि सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १५:४४