सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) मा मतदान स्थगित भएको छ । सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो ।
प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभा तर्फको १०० मत खसेपछि विवाद उत्पन्न भएको हो । विवाद समाधानका लागि सर्वदलीय छलफल जारी रहेको जनाइएको छ । करिब २०० मत खसिसकेपछि विवाद उत्पन्न भएको हो ।
हाल सुचारूका लागि छलफल भइरहेको छ । सर्वदलीय बैठक बोलाएर मतदान सुचारू गर्ने प्रयास भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । हालसम्म सुर्खेतमा ४४ प्रतिशत मत खसेको छ ।
सत्यपाटी संवाददाता । सुर्खेत