सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

दिउँसो १ बजेसम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

निर्वाचन आयोगले ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको छ । दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खसेको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशैभर बिहान ७ बजेबाट मतदान भइरहेको छ । केही ठाउँमा झडप र विवादका घटनाहरु सुनिए पनि धेरैजसो ठाउँमा अवस्था सामान्य रहेको आयोगले जनाएको छ ।

करिब ५० ठाउँमा मतदान विवादका कारण प्रभावित भएको थियो । तीमध्ये ३० बढी स्थानमा पुनः सुचारु भइसकेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बिहानैदेखि अघिल्ला निर्वाचनहरुको तुलनामा कम मत खसिरहेको बताएका छन् ।

‘पहिलेभन्दा यो पटक कम मत खसिरहेको छ,’ उनले भने, ‘यही गतिमा मतदान भइरहे मत प्रतिशत घट्ने संभावना छ, तर अहिले नै कति खस्छ भन्ने यकिन गर्न सकिँदैन,’ पौडेलका अुनसार देशभर अहिलेसम्म छिटपुट घटनाबाहेक शान्तिपूर्ण मतदान भइरहेको छ । रोकिएको केही ठाउँको पनि आवश्यक सहजीकरणपछि मतदान अघि बढेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १३:२९

सिफारिस