सूचनाको शक्ति - The Power Of Information

        

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मतदानबाट बञ्चित

बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मतदान गर्नबाट बञ्चित भएका छन् ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना भएका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् । उनी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै छन् ।

उनले कानूनमा भएको व्यवस्थालाई स्वीकार गर्नुपर्ने बताए । केसीले शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको र कानूनीरुपमा आफ्नो मतदाता नामावली रुपन्देहीमा रहेका कारण बञ्चित हुनुपरेको बताए ।

भोट हाल्न किन जानुभएन ? भन्ने प्रश्नमा उनले भने, ‘म अहिले मत माग्न बागलुङमा छु । मेरो मतदाता नामावली रुपन्देहीमा छ । कानूनमा भएको व्यवस्था मान्दिनँ भन्न पाइँदैन । कि रुपन्देही जानुपर्यो नत्र बागलुङमा बसेर भोट हाल्न पाइँन भन्न मिल्दैन ।’

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १२:५३