निर्वाचनको दिन पास विना चलाएका सवारी साधन दिनभर होल्डमा राखिएका छन् । काठमाडौंमा उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्दै पास विनाका सवारीलाई दिनभर होल्ड गरिएका हुन् ।
मतदानको दिनआज काठमाडौंका सडक सुनसान देखिएका छन्। कहि कतकतै भने चलिरहेका छन् । ट्राफिक प्रहरीले चेक गर्दै पास नभएका सवारीसाधनलाई होल्ड गरेर राख्दै आएको छ ।
यसरी होल्ड गरिएका सवारीसाधन बेलुका सात बजेपछिमात्रै छाडिने ट्राफिक प्रहरीले जनाएको छ । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि आज काठमाडौंका सडक सुनसान देखिएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं