सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको उनापानी केन्द्रमा सुरु भएन मतदान

हुम्लाको उनापानीमा मतदाताबीच झडप हुँदा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।

आफ्नो मान्छेलाई भोट हाल्न पाउनुपर्ने भन्दै मतदाताहरुले बिहानैदेखि ढुंगामुढा गरेपछि मतदान सुरु हुन नसकेको हो ।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुसार जिल्लाका अन्य मतदान केन्द्रमा भने मतदान सुरु भइसकेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार ११:१०