सूचनाको शक्ति - The Power Of Information

        

सिरहामा मतपेटिका खोसाखोस, तीन राउन्ड हवाई फायर

सिरहामा दुई पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएको हो ।

सिरहाको कर्जन्हा–६ स्थित जनता माविमा रहेको मतदान केन्द्रमा मतपेटिका खोसाखोस भएपछि मतदान प्रक्रिया केहीबेर रोकिएको थियो ।

मतपेटिका सार्ने विषयमा विवाद भएको थियो । त्यसक्रममा तीन राउन्ड हवाई फायर गर्नुपरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

उनका अनुसार अहिले मतदानस्थलको अवस्था सामान्य छ । केहीबेर रोकिएको मतदान प्रक्रिया पुनः सुरु भइसकेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १०:५९