सूचनाको शक्ति - The Power Of Information

        

मुगुका ५ मतदानस्थलमा शंकास्पद वस्तु फेला

मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होप्स’ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार ०८:४५