सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेले प्रदेशसभामा गरेनन् मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन् । सभापति लामिछानेले प्रदेशसभा सदस्यमा भने मतदान गरेनन् ।

अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म आफू यसमा सहभागी नहुने उनको भनाइ छ । अहिलेको प्रदेशसभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेशसभामा आफू सहभागी नबनेको उनले बताए । चितवन २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न भने पाएनन् ।

‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हीतमा भए मात्रै हामी सहभागी हुन्छौँ,’ उनले भने, ‘हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दुःख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ।’

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार ०८:४१