सूचनाको शक्ति - The Power Of Information

        

मतपेटिका संकलनलगत्तै मतगणना : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ५ बजे मतदान कार्य सम्पन्न भएपछि मतपेटिका संकलन भएलगत्तै मतगणाना आरम्भ गर्ने बताएका छन्।

भक्तपुरको लोकन्थलीबाट मतदान गरेपश्चात् पत्रकारलाई प्रतिक्रया दिँदै उनले मतपेटिका संकलन भइसकेपछि सर्वदलीय छलफलपश्चात मतगणना हुने जानकारी दिएका हुन्।

हिमाली जिल्लामा राति नै सबै मतपेटिका आउन सम्भव नभएकाले हेलिकप्टरबाट पनि ल्याउने उनले बताए। उनले सबै मतदातालाई निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न आह्वान पनि गरे।

थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित गर्न निर्वाचनमा खटिएका कर्मचारीहरूलाई निर्देशन दिए। उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार ०८:०३