सूचनाको शक्ति - The Power Of Information

        

भोलि निर्वाचन : ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी ५५० पदका लागि ११ हजार ५४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार १८९ पुरुष र २२५ महिला गरी कूल दुई हजार ४१२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार १८७ महिला गरी कूल दुई हजार १९९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ दुई हजार ९४३ पुरुष, २८० महिला र एक अन्य गरी कूल तीन हजार २२४ तथा समानुपातिकतर्फ दुई हजार १९७ पुरुष र एक हजार ५११ महिला गरी कूल तीन हजार ७०८ उम्मेदवार प्रतिस्पर्धामा छन् । देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम छन् । आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार १६:५२