सूचनाको शक्ति - The Power Of Information

        

सूर्यको सतहमा देखियो सर्प ! (भिडियोसहित)

युरोपियन स्पेस एजेन्सी (इएसए)को सोलर आर्बिटरले सूर्यभित्र लुकेका गोप्य कुराहरू पृथ्वीमा रहेका वैज्ञानिकसम्म पुर्याउने काम गर्छ । अब यसले हाम्रो सौर्यमण्डलमा एउटा अनौठो खगोलीय घटना देखेको छ ।

सूर्यमा प्लाज्माको ठूलो विस्फोट हुनुअघि, एक अनौठो फिलामेन्ट देखियो, जुन ठ्याक्कै ‘सर्प’ जस्तै थियो । युरोपेली अन्तरिक्ष एजेन्सीले दिएको जानकारी अनुसार यो ‘सर्प’ वास्तवमा चिसो वायुमण्डलीय ग्यासहरूको ट्यूब हो जसले सूर्यको चुम्बकीय क्षेत्रबाट आफ्नो बाटो बनाइरहेको थियो ।

यो घटना सेप्टेम्बर ५ मा अन्तरिक्षबाट अवलोकन गरिएको थियो जब सोलर अर्बिटर अक्टोबर १२ मा सूर्यको नजिक उडानको लागि जाँदै थियो । सूर्यको सतहमा यस्तो दृश्य पहिलो पटक देखिएको हो ।

सोलर स्नेकको यो घटना खगोलविद्हरूका यसकारण पनि रोचक भयो किनभने यो सूर्यमा ठूलो विस्फोट हुनुअघि देखिएको थियो । यो एक सौर्य सक्रिय क्षेत्रबाट सुरु भयो जुन पछि विस्फोट भयो जसबाट अरबौं टन प्लाज्मा अन्तरिक्षमा फैलियो ।

हेर्नुस् भिडियो :

स्रोत : एजेन्सीहरुको सहयोगमा
प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार १६:२१