सूचनाको शक्ति - The Power Of Information

        

उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ ।

यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्णय आगोगले गरको हो ।

आयोगको गत कात्तिक २९ गतेको बैठकले निर्वाचन निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरको हो । साेही निर्देशिका अनुसार प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार वा निजका प्रतिनिधि मात्रै मतदान केन्द्रमा बस्न पाउने भएका छन् ।

उम्मेदवारले प्रतिनिधि चयन गरेको आधिकारिक पत्र देखाएपछि मात्रै प्रतिनिधिलाई मतदान केन्द्रमा बस्न दिइने भएकाे छ । संशोधित निर्देशिका सबै जिल्ला निर्वाचन कार्यालयहरुमा पठाइसकिएको र सोही अनुसार गर्न गराउन भनिएको आयोगले जनाएको छ ।

उम्मेदवार नभएका दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न नपाउने भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार ०९:४२