ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ ।
कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख अर्थात् ५ गतेसम्म कार्यालयहरु बन्द हुने ट्विटरले जनाएको छ ।
२१ तारिखमा मात्रै कार्यालय खुल्ने खबरमा उल्लेख छ । तर ट्विटरले कार्यालय बन्द गर्नुको कारण खुलाएको छैन ।
ट्विटरका नयाँ मालिक एलन मस्कले लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो सङ्ख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्विटरले कार्यालय बन्द गरेको हो ।
मस्क मालिक बनेदेखि ट्विटर विवादमा पर्दै आएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ