सूचनाको शक्ति - The Power Of Information

        

नेपाल र युएईबीचको तेस्रो खेल आज हुँदै

 नेपाल र युएईबिचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट खेल आज (शुक्रबार) हुँने भएकाे छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार बिहान ९ बजेदेखि सुरु हुने यो खेलले श्रृंखला विजेताको टुंगो लगाउने भएकाे हाे । दुई खेलको समाप्तिसम्म दुवै टोली १–१ को अवस्थामा रहेका छन् ।

श्रृंखलाको पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । शुक्रबार हुने तेस्रो खेल जित्दै नेपाल श्रृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।

तर नेपालको बाटोमा तगारो लगाउन युएई पनि शुक्रबार सम्पूर्ण शक्तिका साथ मैदानमा उत्रिने भएकाे छ । जारी श्रृंखलामा नेपालको व्याटिङ खासै चल्न सकेको छैन ।

पहिलो खेलमा फराकिलो रन अन्तरमा हारेको नेपालले दोस्रो खेलमा १ सय ९२ रनको मध्यम लक्ष्य पछ्याउँदा पनि ७ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार ०८:१८