सूचनाको शक्ति - The Power Of Information

        

राहुल गान्धीकाे कार्यक्रममा नेपालकाे राष्ट्रिय गान बजेपछि… (भिडियाेसहित)

अहिले सामाजिक सञ्जालमा भारतीय कांग्रेस पार्टीकाे ‘भारत जाेडाे’ यात्राकाे एक क्लिप भाइरल भइरहेकाे छ ।

क्लिपमा कांग्रेस पार्टीका नेता राहुल गान्धीले राष्ट्रिय गान बजाउनका लागि भन्नुहुन्छ तर त्यही समयमा नेपालकाे राष्ट्रिय गान बज्न थाल्छ । यही विषयलाई लिएर अहिले गान्धीलाई सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी) का नेताहरूले आलोचना गरिरहेका छन् ।

याे घटना हिजाे बुधवारकाे हाे । भिडियाेमा राहुल गान्धीले माइकमा बाेल्दै राष्ट्रिय गान बजाउन अनुराेध गरेकाे देख्न सकिन्छ । त्यसपछि मञ्चमा रहेका पार्टीका नेता उभिन्छन् । त्यति नै बेला भारतकाे राष्ट्रिय गानकाे साटाे नेपालकाे राष्ट्रिय गान बज्न थाल्छ ।

मञ्चमा रहेका मानिसले केही सेकेन्डपछि मात्रै आफ्नाे राष्ट्रिय गान बज्नुपर्नेमा नेपालकाे राष्ट्रिय गान बजेकाे थाहा पाउँछन् । त्यसकाे केही समयपछि भने राष्ट्रिय गान बज्न थाल्छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १७:४७