सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मदिरा बिक्री वितरण र सेवनमा रोक

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनलाई मध्यनजर गरि बाँके प्रशासनले १ मंसिर विहीवारदेखि मदिरा विक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ ।

आइतबार मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ । निर्वाचन सुरक्षालाई लक्षित गरी यस्तो निर्णय गरिएको शर्माले बताए ।

साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ । ‘कसैले यो निर्णयविपरीत मदिरा बिक्री वितरण गर्ने, सेवन र ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने छ,’ जारी सूचनमा उल्लेख छ ।

निर्वाचनको दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय पनि भएको उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १७:३६