सूचनाको शक्ति - The Power Of Information

        

बिस्फोट भएको घरभित्र फेला परेका थप दुई वटा बम डिस्पोज गरियो

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित एक घरभित्र भएको बिष्फोट पश्चात फेला परेका थप दुई वटा प्रेसर कुकर बमलाई डिस्पोज गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय दिवाकर बिक्रम मल्लको घरभित्र बम बनाउने क्रममा बुधबार बेलुका ८:१० बजेतिर बिष्फोट भएको थियो ।

बिस्फोट लगत्तै सुरक्षाकर्मीको टोली कोठाभित्र पसेर हेर्दा थप दुई वटा प्रेसर कुकर बम भेटिएपछि नेपालगन्जको राँझास्थित बज्रदल गणमा कार्यरत नेपाली सेना आएर बुधबार राती साढे १० बजेतिर एउटा र ११ बजेतिर अर्को बमलाई सुरक्षित रुपले डिस्पोज गरेका हुन् ।

 नेपाली सेनाले करिव २ सय मिटर टाढा खेतमा लगेर दुबै बम डिस्पोज गरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०८:२२