सूचनाको शक्ति - The Power Of Information

        

थप ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि

नेपालमा थप ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ सय ९१ पिसिआर परीक्षणका क्रममा ८ जना र ६  सय २९ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १८:४७