सूचनाको शक्ति - The Power Of Information

        

राजेश हमाललाई १ लाख सहित ‘महानायक’ सम्मान दिइँदै

अभिनेता राजेश हमाललाई महानायक सम्मान सहित रु १ लाख नगद दिने भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका–४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले आयोजना गरिरहेको यो अवार्डअन्तर्गत यस वर्ष हमाललाई ‘महानायक’को सम्मान दिन लागिएको हो ।

एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिन लागिएको हो।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १८:४५