सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको बाटो खुल्यो, खेल हेर्न थप शुल्क तिर्नुपर्ने

सर्वोच्च अदालतले विश्वकप प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ ।

योसँगै अब विश्वकप फुटबल प्रतियोगिता हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने छ ।

मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया सुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाउने गरी दिएको अल्पकालीन अन्तरिम आदेश बुधबार खारेज गरेको हो ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको आदेश खारेज गर्दै मिडिया हबलाई शुल्क उठाउन बाटो खोलिदिएको हो ।

यसअघि न्यायाधीश प्रकासमान सिंह राउतले विश्वकप फुटबलका लागि थप शुल्क लिने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १८:३२