सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्री खाणविरुद्धको बहुविवाह मुद्दा तामेलीमा

निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको उजुरी तामेलीमा राख्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका तर्फबाट रुपन्देही–३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी परेको थियो । आयोगले उजुरी तथ्यपरक नभएको र क्षेत्राधिकार बाहिर रहेको भन्दै तामेलीमा राखेको जनाएको छ ।

बहुविवाहको मुद्दा गृहमन्त्रालय अन्तर्गत पर्ने जनाउँदै तामेलीमा राख्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । गृहमन्त्री खाणका दुई श्रीमती दिलमाया खाण र मञ्जु खाण रहेको भन्दै उजुरी परेको थियो । खाणले उम्मेदवारी दर्ता गर्दा दिलमायाको नाम उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १४:३२