सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन २०७९ : स्वतन्त्र उम्मेदवार नै हावी

शभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी नेकपा एमाले गठन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेश रौथहट ३ मा भने स्वतन्त्र उम्मेदवारीबीचमै टक्कर देखिएको छ ।

राष्ट्रिय दलको मान्यता पाउका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैन । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपाको उम्मेदवार यो क्षेत्रमा शुन्य छ । माओवादीका तर्फबाट उम्मेदवारी दिएका रवीन्द्र पटेल (धिरज) लाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेका छन् ।

स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । माओवादी केन्द्रले साहलाई समर्थन दिँदै पटेललाई ‘उम्मेदवारी फिर्ता लिन’ निर्देशन दिएको थियो ।

तर, उनले नमानेपछि सदस्यसमेत नरहनेगरी कारबाही गरिएको माओवादी केन्द्र सचिव एवं मधेश प्रदेश कमिटी इन्चार्ज गणेश साहले बताए ।

रौतहट ३ मा पूर्वमन्त्री प्रभु साह र उखेगपति ओमप्रकाश जैसवालबीच प्रतिस्पर्धा रोचक प्रतिस्पर्धा छ । कुनै पनि दलका उम्मेदवार नभएकाले कसन स्वतन्त्र उम्मेदवार नभएकाले कुन स्वतन्त्र उम्मेदवार विजयी हुने ? भन्ने चासो बढेको छ ।

माओवादी जनयुद्धदेखि सक्रिय साह तत्कालीन नेकपा विभाजन हुँदा एमालेमा लागे ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ०७:५८