सूचनाको शक्ति - The Power Of Information

        

विश्वका कोरोना पुष्टि हुनेको संख्या ६४ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६४ करोड नाघेको छ।

अहिलेसम्म ६४ करोड ८ लाख ९१ हजारमा कोरोना पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

कोरोना पुष्टि भएकामध्ये ६२ करोड ५ लाख निको भएका छन् भने ६६ लाख १७ हजारको मृत्यु भएको छ।

अहिलेसम्म २ सय २८ देशमा फैलिएको कोरोनाका कारण सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ। त्यहाँ अहिलेसम्म ९ करोड ९९ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ११ लाख ५ सय जनाको मृत्यु भएको छ।

अहिलेसम्म ९ करोड ७५ लाखले भने कोरोना जितेका छन्। यस्तै अमेरिकापछि भारतमा ४ करोड ४६ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ४१ लाख निको भएका छन्।

भारतमा ५ लाख ३० हजार नागरिकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ०७:५१