सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनविरुद्ध लागेपछि गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् । खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाएका हुन् ।

खड्काले गठबन्धनका कास्की–२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ । खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध माग्दै हिँडेको आरोप छ ।

खड्का ०७४ सालमा निर्वाचनमा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बागी फिर्ता लिएपनि एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले बताए । मन्त्री खड्काले भने आफूलाई बर्खास्त भएको खबर प्राप्त नभएको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १६:२७