सरकारले चुनावलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।
मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ । निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
मंसिर २, ४ र ५ गते सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । मंसिर ३ गते शनिबार परेपछि ४ दिन बिदा परेको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं