सूचनाको शक्ति - The Power Of Information

        

चुनावमा विकासे आश्वासनका पोका: यथार्थ कति ?

प्रतिनिधि र प्रदेशसभाका लागि मंसिर ४ मा हुने आम निर्वाचनमा जनतामाझ पुगेको राजनीतिक दल र तिनका उम्मेदवारहरूले मुलुकको आर्थिक विकासमा कायापलट गर्ने बाचा गरिरहेका छन् ।

मतदाताको जीवन स्तर नै माथि उकास्ने खालका अभिव्यक्तिको यतिखेर बाढी आइरहेको छ । आगामी निर्वाचनका लागि मत माग्न जिल्ला दौडमा रहेका कांग्रेस सभापति देउवा, एमाले अध्ययक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्ता राजनीतिक दलको जिम्मेवार नेताबीच नै यसमा प्रतिस्पर्धा चलिरहेको छ ।

तर, पटक पटक सत्तामा पुगेका राजनीतिक पार्टी र तिनका नेताहरूको विगतको काम गराइले भने यस्तो बोल्दैन । उनीहरूले दिएका आश्वासन देखाएका लोभ राजनीतिक दल र तिनका नेताहरूले काम गर्न नसक्ने तर मतदातालाई प्रभावित गर्न यसो र उसो गछौं भन्ने विगतका आश्वासन जस्तै अहिले पनि बाँडिरहेका छन् ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पुरानो पुस्ताले मुलुकमा व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेलेको तर मुलुकको विकासमा यो पुस्ताबाट केही नहुने बताएका छन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ०८:१४