सूचनाको शक्ति - The Power Of Information

        

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन र  सहप्राध्यापकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । विश्वविद्यालयका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा.विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध प्रश्नपत्रको गोप्पनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको आरोपमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए ।

स्रोत : न्युज कारखाना
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १५:०४