सूचनाको शक्ति - The Power Of Information

        

टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ घाइते

टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।

साेही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् ।

विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिंदै दोषीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिनुभएको छ । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।

विस्फोटका कारण केही सवारीसाधन समेत ध्वस्त भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान समेत गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ०८:२६