सूचनाको शक्ति - The Power Of Information

        

मंसिर १ गते रातिबाट मादक पदार्थ बिक्री वितरणमा रोक

 निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन निर्देशन दिने निर्णय गरेको हो ।

मौन अवधिदेखि मतगणना सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउने साेही समितिको बैठकले निर्णय गरेकाे हाे ।

यदि अटेर गरेमा जफत र जरिवाना गर्न समेत गृह मन्त्रालयमार्फत आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ०७:५७