सूचनाको शक्ति - The Power Of Information

        

सञ्चारकर्मी उदयराज जैसवालको निधन

सञ्चारकर्मी उदयराज जैसवालको निधन भएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टी निवासी ३५ वर्षीय जैसवालको आइतवार बिहान घरमै निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेका जैसवालको घरमै उपचार भइरहेको थियो । करिब ३ महिनाअघि ब्रेन ह्याम्रेज भएपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरि थप उपचारका लागि भारतको लखनउ लगिएको थियो ।

एक महिनासम्म लखनउमा उपचार गराउँदा सञ्चो हुन समय लाग्ने भएपछि डाक्टरकै सल्लाहमा घरमा राखेर उपचार प्रक्रिया चलिरहेको थियो ।

जैसवालले बाँकेको बिभिन्न सञ्चार संस्थामा काम गरेका छन् । शुरुवाती चरणमा रेडियो भेरी आवाज, रेडियो हिमाल, नेपालगञ्ज एफएम र पछिल्लो समय डुडुवामै सञ्चालित रेडियो सफल एफएममा म्यानेजरको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

बाँकेमा बाल क्लबहरु निर्माण गर्ने बेलादेखिनै जैसवालको जनचेतनामुलक कार्यक्रमहरुमा सहभागिता रहने गथ्र्यो । सञ्चारकर्मीसँगै कलाकारितामार्फत समेत जैसवालले आफुलाई चिनाएका छन् भने अवधी भाषा, कला क्षेत्रको संरक्षणमा जैसवालको उल्लेख्यनीय योगदान रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार १७:०९