सूचनाको शक्ति - The Power Of Information

        

खेरसनबाट रुसी सेना फर्किएपछि सर्वसाधारणमा उल्लास

युक्रेनी अधिकारीहरूले रुस खेरसनबाट फिर्ता भए पनि ‘युद्ध समाप्त नभएको’ भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् ।

रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् । हर्षोल्लास पूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई शहरमा स्वागत गरे ।

फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो । राजधानी किभ र ओडेसा लगायत युक्रेनका अन्य क्षेत्रहरूमा पनि यस्तै उल्लास पूर्ण दृश्यहरू रिपोर्ट गरिएको थियो ।

तर, मस्कोको महत्वाकांक्षालाई चोट लागे पनि युक्रेनी अधिकारीहरू सतर्क छन् । युक्रेनी रक्षा मन्त्रीका सल्लाहकार युरी साकले ‘उत्सब मनाउनु धेरै चाँडो’ हुने चेतावनी दिए ।

‘हामीले सधैं विश्वास गर्यौं कि हामी खेरसनलाई मुक्त गर्नेछौं,’ उनले रेडियो ४ को टुडे कार्यक्रममा भने । रुसले युक्रेन युद्धमा कहिल्यै विजयी नहुने उनले दाबी गरे । रुसी प्रचार यन्त्रमा त्रास बढेको उनले बताए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार १०:०५