सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनको मुखमा बढ्यो चोरी-तस्करी

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सरकार केन्द्रिय भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूबाट चोरी-तस्करी बढेको छ ।

भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी भन्सार नाकाहरू र अन्य खुला क्षेत्रबाट चोरी- तस्करी बढेको हो ।

कारोबारका स्थानीय संवाददाताहरूका अनुसार आम निर्वाचनको तरल राजनीतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी-तस्करी संलग्न विभिन्न गिरोह अहिले बढी सक्रिय बनेको देखिएको छ । राजनीतिक सरगर्मीसँगै सुरक्षा निकायको ध्यान पनि अहिले निर्वाचनमा बढी केन्द्रित हुँदा चोरी-तस्करी गर्नेहरूलाई सजिलो बनेको छ ।

नेपाल राष्ट्र बैंकले केही समयअघि लागू गरेको मार्जिनसम्बन्धी नयाँ व्यवस्थाले भारतबाट उधारोमा सामान ल्याउने व्यवसायीहरू समस्यामा परेका थिए । यहि कारण वैध आयातको ठाउँ क्रमश: अवैध आयातले लिन सुरु गरेको थियो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार ०७:१२