सूचनाको शक्ति - The Power Of Information

        

मेरो माइक्रोफाइनान्स दशौं वर्षमा प्रवेश, छोटो समयमै ‘अब्बल’

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकहरुको अगाध माया, बिश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयर धनीहरुको भरोसा तथा कर्मचारीको अतुलनिय योगदानले संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्स अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल रहेको बताए ।

संस्थाले नेपालको लघुवित्तको क्षेत्रमा एक ब्राण्ड कायम राख्न सफल रहेको समेत बताए । देशका गणनीय सात वटा वाणिज्य बैंक र एक विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित संस्थाले ग्राहक सुहाउ“दो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारमा वित्तीय पह“ुच पुर्याएको संस्थाले नवौं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ६१ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको छ । त्यसैगरी हालसम्म रु.तीन अर्ब ४५ करोड बराबर निक्षेप संकलन गरी रु. १६ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

संस्थाले यसरी आफ्नो कारोबार बृद्धि गर्दै जा“दा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग र १५ वटा अनुगमन तथा असूली स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकारहरु बताउछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १४:२९