सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपको बैंक खातामा ६५ हजार मात्रै, प्रहरी चकित !

क्रिकेटर सन्दीप लामिछाने बालिका बलात्कारको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालमा दुई खालका प्रतिक्रिया आइरहेका छन् । कसैले सन्दीपलाई गलत भनिरहेका छन् भने कतिपयले आरोप लगाउने किशोरीलाई नै गलत भएको ब्याख्या गरिरहेका छन् ।

किशोरीलाई गलत देख्नेहरुले ति किशोरीले सन्दीपको सम्पत्ति देखेर षडयन्त्र गरेको वनाउने गरेका छन् । तर, सन्दीपको बैंक खातामा भने जम्मा ६५ हजार रुपैयाँ मात्र फेला परेपछि प्रहरी चकित परेको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले एनआइसी एसिया बैंकको खातामा रहेको उक्त रकम रोक्का गर्न माग गरेको छ ।

लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने क्रममा उनको बैंक खाता र चितवन–७ कल्याणपुरमा रहेको जग्गा रोक्का गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सन्दीपको बैंक खातामा ६५ हजार २९८ रुपैयाँ छ । क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको चलअचल सम्पत्ति रोक्का गर्न माग गरिएको हो ।

सरकारी वकिलको कार्यालयले संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनीयता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि इजलाससमक्ष माग गरेको छ । लामिछानेविरुद्ध जिल्ला अदालतमा १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ । सन्दीप असोज २० गतेदेखि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार ११:३२