सूचनाको शक्ति - The Power Of Information

        

मध्यराति किन नाइट क्लब पुगे एमाले अध्यक्ष ओली ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन् ।

अध्यक्ष ओली शुक्रबार मध्यरातमा ठमेलस्थित एलओडी क्लब पुगेर युवा पुस्तालाई मन पर्ने र्‍याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी अभियानमा व्यस्त रहेका ओली एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन् ।

उनले आफ्नो फेसबुकमा ‘युवामाझ म (LOD) मा आज युवाहरूलाई मन पर्ने नयाँ र्‍याप गीत सार्वजनिक गरियो,’ स्टाटस लेखेर तस्वीर सार्बजनिक गरेका छन् ।

केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो । शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १०:१९