सूचनाको शक्ति - The Power Of Information

        

शव खोज्न बेलायतबाट नेपाल आइपुगे बियर ग्रिल्स

टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा एड्भेन्चर बियर ग्रिल्स बव खोज्नकै लागि नेपाल आएको छ ।

सगरमाथा आरोहणमा हराएको भनिएका माइकल म्याथ्युलाई खोज्न नेपाल आइपुगेको दाबीसहितको रिर्पोट बेलायती अखबार डेलीमेलले प्रकाशित गरेको छ ।

पिप मिडल्टन (बेलायती राजकुमारी केट मिडल्टनकी बहिनी)को देवरको शव खोज्न ग्रिल्स नेपाल आइपुगेको डेलीमेलले जनाएको छ ।

बेलायतका कान्छा सगरमाथा आरोहीको रेकर्ड बनाएलगत्तै म्याथ्यु हिम दुर्घटनामा परेको विभिन्न अध्ययनहरुले जनाएका छन् ।

म्याथ्यु केही पश्चिमा आरोहीसहित १० नेपालीको उत्कृष्ट टिमसँगै आरोहणमा थिए । म्याथ्युको शव खोजी गर्दा नभेटिएको रिर्पोटमा उल्लेख छ ।

ग्रिल्सले नेपाल भ्रमणका क्रममा ब्यवसायी निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडिसनमार्फत लुक्ला भ्रमण गरेको बताइएको छ ।

गतसाता नेपाल भ्रमणका लागि आएका उनी एक साताको बसाईमा सपरिवार लुक्ला र पोखरा घुमेको पनि समाचारहरुमा जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार ०७:१०