सूचनाको शक्ति - The Power Of Information

        

मध्यम बर्षा र हिमपातको सम्भावना

मौसम विभाग भन्यो, ‘हिमपात सुरु भयो, पर्वतारोहणमा नजानु’

तापक्रम घट्दै गएको र पश्चिमी वायुको प्रभावका कारण हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जोखिम छ ।

फाइल तस्वीर

केही समययता चिसो बढ्न थालेसँगै हिमपात पनि सुरु भएको छ । आज  केही स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले हिमाली भू–भागका थोरै स्थानमा आज हल्कादेखि मध्यम बर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार अनुसार प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र देशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण जोखिमपूर्ण हुने भएकाले यसमा विषेश सावधानी अपनाउनु पर्ने मौसमविद् समीर श्रेष्ठ बताउँछन् ।

‘तापक्रम घट्दै गएको र पश्चिमी वायुको प्रभावका कारण हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जोखिम छ । यो अब क्रमशः बढ्दै जान्छ,’ मौसमविद् श्रेष्ठ भन्छन्, ।

उनका अनुसार विभागले पर्वतारोहणमै नजानुस् नभने पनि सुरक्षाका हिसावले निर्णय लिनु उचित हुन्छ । ‘जाँदा विशेष सुरक्षाको प्रवन्ध अपनाउन आवश्यक छ,’ उनले भने ।

पदयात्रा गर्दा पनि विषेश सावधानी अपनाउन उनको आग्रह छ । विस्तारै तापक्रममा घट्दै जाँदा चिसो बढेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्नेमा विभागको जोड छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार ०६:४४