सूचनाको शक्ति - The Power Of Information

        

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन बाँके प्रशासनलाई आयोगकाे निर्देशन

निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ ।

जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्हसहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन भनिएको हो ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक सामग्री प्रदर्शन गर्न पाइदैन ।

तर जनता समाजवादीले आचारसंहिताविपरीत फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार २०:२०